धनुषामा काँग्रेसको वर्चश्व

धनुषा । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषाका १८ पालिका मध्ये १६ पालिकाको मत परिणाम सार्वजनिक भएको छ भने दुईवटाको मतगणना जारी छ ।

ती मध्ये १० मा नेपाली काँग्रेस, तीनमा जनता समाजवादी पार्टी (जसपा), दुईमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र्) का उम्मेदवारले विजयी हासिल गर्न सफल भएका छन् । जनकपुरधाम उपमहानगपालिका र क्षीरेश्वरनाथ नगरपालिकाको मत परिणाम आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सार्वजनिक भएको पछिल्लो मतपरिणामअनुसार लक्ष्मीनियाँ गाउँपालिका अध्यक्षमा काँग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा पनि सोही पार्टीका फूलकुमारी यादव विजयी हुनुभएको छ । औरही गाउँपालिकाको अध्यक्षमा एमालेका उमाशङ्करप्रसाद साह र उपाध्यक्षमा सोही पार्टीका पुनम साह निर्वाचितहुनुभएको छ । धनौजी गाउँपालिकामा काँग्रेसका अध्यक्षमा राजकुमार साह र उपाध्यक्षमा रामवतीदेवी मण्डल दुवै पदमा विजयी हुनुभएको छ।

त्यस्तै जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जसपाका दिपीन देव निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा काँग्रेसका कमला सहगल निर्वाचित हुनुभएको छ । विदेह नगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि पुनः एमाले उम्मेदवार बेचन दास तत्मा निर्वाचित भएका छन् भन्नुभयो उपप्रमुखमा पनि सोही पार्टीका आशा झा निर्वाचित हुनुभएको छ । धनुषाधाम नगरपालिको प्रमुखमा काँग्रेसका बालेश्वर मण्डल र उपप्रमुखमा काँग्रेसकै विद्यादेवी भुजेल निर्वाचित हुनुभएको छ ।

कमला नगरपालिकाको नगरप्रमुखमा काँग्रेसका उम्मेदवार विश्वेश्वर यादव र उपप्रमुखमा काँग्रेसकै शिलादेवी मण्डल निर्वाचित हुनुभएको छ । सहिदनगर नगरपालिकामा भने नगरप्रमुखमा जसपाका उम्मेदवार दिनेशप्रसाद यादव र उपप्रमुखमा काँग्रेसका सुनिताकुमारी सिंह विजयी हुनुभएको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा जसपा उम्मेदवार जयकुमार यादव र उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित हुनुभएको छ । बटेश्वर गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उम्मेदवार रामअशिष महतो र उपाध्यक्षमा सोही पार्टीकै फूलकुमारी सिंह निर्वाचित हुनुभएको हो ।

मिथिला नगरपालिकाको प्रमुखमा काँग्रेसका महेन्द्र महतो र उपप्रमुखमा एमालेका सुनितासिंह बुढाथो निर्वाचित हुनुभएको छ । त्यस्तै नगराइन नगरपालिकाको प्रमुखमा काँग्रेसका उम्मेदवार विनयकुमार यादव र उपप्रमुखमा एमालेका राधादेवी यादव विजयी हुनुभएके छ । गणेशमान चारनाथ नगरपालिका प्रमुखमा जितनारायण यादव र उपप्रमुखमा तुलसाकुमारी पाण्डेय निर्वाचित हुनुभएको छ । त्यस्तै सबैला नगरपालिकाको प्रमुख पदमा माओवादीका केन्द्रका उम्मेदवार कारीराम यादव र उपप्रमुख रहिमा खातुन निर्वाचित हुनुभएको छ ।

हंसपुर नगरपालिकाको प्रमुखमा काँग्रेसका उम्मेदवार प्रदीप यादव र उपप्रमुखमा काँग्रेसकै दुर्गा देवी निर्वाचित हुनुभएको छ । त्यस्तै मिथिला बिहारी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस उम्मेदवार राजेन्द्रप्रसाद यादव र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार शोभादेवी साह निर्वाचित हुनुभएको छ ।  धनुषाको क्षीरेश्वरनाथमा अहिलेसम्मको मतगणनामा एमालेले र जनकपुर धाममा स्वतन्त्र उम्मेदवार मनोज साहले निरन्तर अग्रता कायम राख्नुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार