धवलागिरी गाउँपालिका कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी

बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् । कांग्रेसका ३ ,माओवादीका २ र एकीकृत समाजवादीका एक जना उम्मेदवार विजयी भएका हुन् ।

अल्पसंख्यक वा दलित कार्यपालिका सदस्यमा नेपाली कांग्रेसका भविन्द्र छन्त्याल र स्वतन्त्र उम्मेद्धार देउ प्रसाद पनुले २०र२० मत पाएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत पूर्ण बहादुरले जानकारी दिनुभयो । स्वतन्त्रबाट कार्यपालिका सदस्यमा निर्वाचित छन्त्याल नेकपा एकिकृत समाजवादीका नेता हुनुहुन्छ ।

उहाँ यसअघि पनि कार्यपालिका सदस्य हुनुहुन्थ्यो । अल्पसंख्यक वा दलित कार्यपालिका सदस्यमा एमालेका करण छन्त्यालले १५, बल बहादुर बिकले १६ मत पाउनुभएको थियो । एक मत बदर भएको छ । यसैगरी महिला कार्यपालिका सदस्यमा नेपाली कांग्रेसकी फुलमाया बुढाथोकी , नर कुमारी बुढाथोकी , नेकपा माओवादी केन्द्रका डिल कुमारी बि.क र सिता कुमारी छन्त्यालले २१र२१ मत पाएर विजयी हुनुभएको छ ।

एमालेका गंगा देवी पुन , दिल माया बिक, राज कुमारी कामी र सन्ता गर्बुजाले १६र१६ मत पाउनुभयो । धवलागिरीको गाउँसभामा ३७ जना मतदाता छन् । १५ सदस्यीय धवलागिरीको कार्यपालिकामा गठबन्धनको बहुमत पुगेको छ । कार्यपालिकामा एमालेका तीन जना मात्र भएका छन् ।

नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष , दुई जना वडा अध्यक्ष सहित १३ जना , नेकपा माओवादी केन्द्रसंग गाउँपालिका उपाध्यक्ष , दुई जना वडा अध्यक्ष सहित१४ जना र एक जना स्वतन्त्र विजयी भएका थिए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार