धवलागिरी– ५ मल्कवाङमा कांग्रेसको प्यानल विजयी

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका – ५ मल्कवाङमा वडा अध्यक्षमा नेपाली कांग्रेसका अमर बहादुर छन्त्यालको विजयी हुनुभएको छ । छन्त्यालले ३ सय ४१ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका तिल बहादुर छन्त्यालले २२६ मत पाउनुभयो ।

वडा सदस्यमा कांग्रेसका भक्त बहादुर छन्त्याल, अङ बहादुर पुन , विन्दिया घर्ति मगर छन्त्याल र दिपी वि.क निर्वाचित हुनुभएको छ । धवलागिरीका ५ वटा वडाको मतगणना सकिदाँसम्म नेपाली कांग्रेसका प्रेम प्रसाद पुनले १ हजार ८ सय २२, एमालेकी थमसरा पुनले १ हजार ७ सय १६ , उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका रेशम पुनले १ हजार ८९४ र एमालेका प्रगति कार्कीले १ हजार ४२३ मत पाउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार