धवलागिरी– ६ मराङमा एमालेको प्यानल विजयी

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका – ६ मल्कवाङमा वडा अध्यक्षमा नेकपा एमालेका राजाराम उपाध्याय विजयी हुनुभएको छ । उपाध्यायले ४ सय ११ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन तर्फबाट चक्र पुनले ३ सय ८० मत पाउनुभयो । उपाध्याय ३१ मतान्तरले विजयी हुनुभएको हो ।

वडा सदस्यमा एमालेका गमन जुग्जाली, श्री प्रसाद गर्बुजा,गोरी जुग्जाली र मन कुमारी लामगारे निर्वाचित हुनुभएको छ । धवलागिरीका ६ वटा वडाको मतगणना सकिदाँसम्म अध्यक्षमा गठबन्धनबाट कांग्रेसका प्रेम प्रसाद पुनले २ हजार १ सय ६६, एमालेकी थमसरा पुनले २ हजार १ सय ३३ , उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका रेशम पुनले २ हजार २३४ र एमालेका प्रगति कार्कीले १ हजार ८४५ मत पाउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार