नकारात्मक टिप्पणी गर्नेलाई करिश्मा दिइन् चेतावनी

काठमाडौँ । अभिनेत्री तथा नेकपा एमाले नेत्री करिश्मा मानन्धरले आफूलाई गाली गर्नेहरुको विरुद्ध कानुनी बाटो रोज्ने चेतावनी दिनुभएको छ । हालै सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले राम्रो परिणाम ल्याउन नसकेको विषयमा उहाँलाई जोडेर विभिन्न नकारात्मक टिप्पणी आउन थालेपछि उहाँले सामाजिक संजालमार्फत आलोचकलाई चेतावनी दिनुभएको हो।

जीवनमा कसैको नराम्रो नचिताएको, कसैको नराम्रो नगरेको र आफूसँग भएको र सकेको बाँडेको बताउनुभएका उहाँले बिना कारण मानसिक पीडा दिने शब्द प्रयोग गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो । ‘यत्रोवर्ष चलचित्रमा क्षेत्रमा काम गरेर देश र जनतालाई अभिनय पस्किएँ । कुनै चलचित्र चले कुनै चलेनन् । तर तल्लोस्तरको टिप्पणी कहिल्यै भोग्नु परेन’ उहाँले भन्नुभयो ‘ राजनीतिमा कुनै गलत अभिप्रायले पाइला राखेको होइन । जीवनभर पुग्ने सबै छ मसँग ।’

आफू राजनीतिमा सबैको आवाज बन्न केही गर्न आएको बताउँदै उहाँले ‘के आधारमा यो गाली गर्दै हुनुहुन्छ तपाईंहरु मलाई ?’ भन्दै प्रश्न समेत गर्नुभएको छ ।‘हो एक दुई पटकसम्म सहनु ठिक छ । तर बारम्बार गर्दा अति हुन्छ’ उहाँले अगाडि थप्नुभएको छ, ‘बिहान उठेर फोन हेर्नासाथ यहाँहरुको जे पायो त्यही भनाइ हेर्नुपर्ने ?’ उहाँले राम्रो सोच्न, राम्रो बोल्न सबैलाई सुझाउनुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार