नाक, कान, घाँटी रोगको उपचारका लागि सबै राष्ट्रले अवलम्वन गर्न मिल्ने नीति बन्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एसियाली क्षेत्रमा नाक, कान घाँटी रोगको एउटै प्रकृति हुने गरेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नाक, कान, घाटी रोगका विषेशज्ञहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलनमा बोल्दै उहँले सो कुरा बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले नाक, कान घाँटी रोगको उपचारका लागि सबै राष्ट्रले अवलम्वन गर्न मिल्ने नीतिहरु बनाउनुपर्ने सुझाव दिनुभयो। उहाँले यस सम्मेलनबाट प्राप्त निष्कर्षहरुले सबैलाई मार्गदर्शन दिने विश्वास समेत व्यक्त गर्नुभयो । दक्षिण एसियामा रोग, भोक, गरिबी र बेरोजगारी साझा चुनौती भएको बताउँदै उहाँले नेपालमा नाक, कान र घाँटी रोगको विषेश उपचार पद्धतिलाई ग्रामिण तहसम्म लैजानका लागि ठूलो चुनौती रहेको बताउनुभयो।

स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधारसँगै दक्ष मानव स्रोतको विकास गरि हरेक नागरिक समक्ष विशेषज्ञ सेवा पुर्याउने लक्ष्य रहनुपर्ने उहाँको भनाइ थियो । सार्वजनिक स्वास्थ्य प्रणाली सुधारका लागि राज्यले चिकित्सा शिक्षा विकासमा जोड दिदैँ गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने भण्डारीको भनाइ छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार