नारच्याङमा कांग्रेसको चुनावी सभा,‘युवालाई रोजगारी पहिलो प्राथकिता’

म्याग्दी । नेपाली कांग्रेसले जिल्लाको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा चुनावी सभा सम्पन्न गरेको छ । मंगलबार लेक गाउँ र नारच्याङमा गरि दुई ठाउँमा एकै दिन चुनावी सभा सम्पन्न गरेको हो ।


उक्त चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजा खम्बीरले अहिलेको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ६ वटै स्थानीयत तह जित्ने बताउनुभएको छ । उहाँले अघिल्लो निर्वाचनमा ४ वटा जितेको र यस पटक ६ वटा नै जित्ने बताउनुभयो । उहाँले समृद्ध अन्नपूर्ण निर्माण गर्नका लागि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजय गराउन अनुरोध गर्नुभयो ।

कांग्रेसबाट पालिकाको अध्यक्षका उम्मेदवार बनेका क्या.बलबहादुर तिलिजाले आफुहरु भाषण भन्दा पनि काम गर्न आफुहरु पालिकामा उम्मेदवार बनेको बताउनुभयो । उहाँले नारच्याङमा जलविद्युतको पचुर सम्भावना रहेको अवस्थामा यहाँका युवाहरु विदेश पलायन हुने, बाहिरबाट युवाहरु आएर रोजगार पाउने अबस्था आएको छ उहाँले भन्नुभयो हामीले जितेर आयौँ भने अन्नपूर्णका बेरोजगार युवाहरुलाई रोजगारीको विभिन्ने रोजगार मुलक कार्यक्रम लिएर रोजगारीको अवसर प्रदान गर्ने छौँ । ‘पालिकामा सञ्चालन भएका हाइड्रो पावरहरु संग समन्वय पहिलो प्राथमिकता स्थानीय युवाहरुलाई दिन्छौँ ।’

त्यस्तै उपाध्यक्ष पदका उम्मेदवार ललिता तिलिजा पुनले कतिपय महिलाहरु क्षमता हुदा पनी अवसरबाट बन्चित हुनु परेको बताउदै महिलाहरुलाई उद्यमशिलता र उपाध्यक्ष संग महिला कार्यक्रम मार्फत हरेक टोल टोलका महिलाहरु संगको सहकार्यमा महिला मैत्री कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा पालिका अध्यक्ष क्या डमबहादुर पुनले नेपाली काँग्रेसले अहिलेको सक्षम र इमान्दार उम्मेदवार बनाएको बताउदै आफुले पुरा गर्न नसकेका योजनाहरु अहिलेका उम्मेदवारहरुले पुरा गर्ने भएकाले उहाँहरुलाई रुख चिन्हमा भोट हालेर बिजय गराउन आग्रह गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार