निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ मिडियामाथि कारबाही

काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ वटा मिडियामाथि कारबाही गरेको छ । काउन्सिलका अनुसार कारबाहीमा पर्ने मिडियामा २३ ओटा पत्रपत्रिका, २० ओटा रेडियो, १० ओटा टेलिभिजन, ८६ ओटा अनलाइन न्युज पोर्टल र ४४ ओटा वेब पोर्टल रहेका छन् ।

यस्तै २९ जना पत्रकारलाई पनि कारबाही गरिएको काउन्सिलले जनाएको छ । कारबाही गरिएका मिडियामध्ये ३६ ओटासँग स्पष्टीकरण तथा जबाफ माग, ८१ ओटालाई निर्देशन, १७ ओटालाई सचेत गराइएको, ४६ ओटालाई ध्यानाकर्षण र ४४ ओटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाइएको छ ।

प्रकाशित तथा प्रसारित भएका २२३ ओटा सामाग्रीलाई लिएर काउन्सिलले २१२ ओटा मिडियालाई कारबाही गरेको हो ।निर्वाचन आयोगले मिडियाले निर्वाचन अचारसंहिता पालना गरेको वा नगरेको भन्ने अनुगमन गर्ने जिम्मेवारी काउन्सिललाई दिएको थियो । सोहीअनुसार काउन्सिलले अनुगमन गरी कारबाही गरेको हो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार