नेतामा कांग्रेसको चुनावी सभा

बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ५ नेतामा नेपाली कांग्रेसले चुनावी प्रचारप्रसार तथा आमसभा कार्यक्रम गरेको छ । गाउँपालिका अध्यक्षका उम्मेद्धार विरेन्द्र बुढाथोकीले गाउँपालिकाकाे विकास गर्न ,सुशासन तथा समृद्ध गाउँपालिका निर्माणकाे लागि आफुले उम्मेद्वारी दिएको बताउनुभयो । जनताको समस्या ,आवश्यकता बुझेर काम गर्ने उहाँको भनाई छ । उहाँले एमालेबाट निर्वाचित जनप्रतिनिधिले जनताको अपेक्षा अनुसार काम नगरेको बताउनुभयो ।

गुणस्तरीय शिक्षा,खानेपानी ,विद्युत पहुँच विस्तार संगै ग्रामिण सडकलाई व्यवस्थित बनाउने ,नदी कटान क्षेत्र संरक्षणको लागि प्रदेश र संघ सरकार संगको सहकार्य गर्ने लगायत योजना सुनाउनुभयो । आफुले जनताको आवश्यकता र भुगोलको आधारमा समान रुपमा बजेट वितरण गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उम्मेद्वार शर्मिला थापाले गाउँपालिकामा महिलाहरुले पाउने सेवालाई सरल बनाउँदै न्यायीक सेवालाई समेत प्रभावकारी बनाउने उहाँले योजना सुनाउनुभयो । वडा अध्यक्षका उम्मेद्धार बलबहादुर खड्काले समग्र वडाको विकास र सुशासन कायम गर्न आफुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा कांग्रेस प्रदेश सभा खका उपसभापति गोपाल भट्टचन , वडा सदस्यका उम्मेद्धारहरु दिलबहादुर बुढाथोकी र मेखबहादुर बुढाथोकी ,मनिता बुढाथोकी ,गंगा श्रीपालीले बोल्नुभएको दुुर्गा रोकाले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीयबासीले गाउँपालिकाले आफुहरुको माग अनुसार बजेट वितरण नगरेको गुनासो गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार