नेपालले जिम्बावेलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं । नेपालले जिम्बावे ‘ए’ लाई पहिलो टी(२० मा १८२ रनको लक्ष्य दिएको छ। जिम्बावेले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा १८१ रन जोड्यो।

नेपालका लागि मध्यक्रम ब्याट्सम्यान आदिल अन्सारीले उत्कृष्ट ब्याटिङ गरे। उनले २७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा नटआउट ४७ रन जोडे।त्यसअघि ओपनर कुशल भुर्तेलले ४६ रन जोडे। उनले ३१ बलमा ८ चौका हिर्काए। आसिफ शेख ९ रनमा आउट भए।रोहित कुमार पौडेलले २६ बलमा ३६ रन र दीपेन्द्रसिंह ऐरीले रनआउट हुनुअघि १३ रनमा २८ रनको योगदान दिए।

आरिफ शेख भने २ रनमै आउट भए। करण केसी ४ रनमा नटआउट रहे। बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोङगे, ब्रान्डन माभुता र जोन मसाराले १(१ विकेट लिए।यसअघि शनिबारका तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण स्थगित भएको थियो। एकदिवसीय खेल प्रभावित भएपछि पहिले टी(२० सिरिज हुन लागेको हो।

दोस्रो टी(२० वैशाख १९ मा र तेस्रो टी(२० वैशाख २१ मा हुनेछ।एकदिवसीय खेलहरू वैशाख २३, २४ र २६ गते हुनेछन्।नेपालले आइसिसी क्रिकेट विश्वकप लिग(२ खेल्न अमेरिका जानुअघि जिम्बावेको ए टिमसँग तयारीस्वरुप खेल्न लागेको हो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार