नेपाल टी–२० लिग : टिम स्वामित्वको लागि टेण्डर आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) आगामी असोजमा हुन लागेको नेपाल टी–२० लिग खेल्ने ६ फ्रेन्चाइज टिमको स्वामित्व खरिदका लागि टेन्डर आह्वान गरेको छ ।

आयोजक क्यान र प्रतियोगिताको व्यापारिक र रणनीतिक साझेदार सेभेन थ्री स्पोर्ट्सले टिम स्वामित्व लिन चाहनेका लागि शुक्रबार टेन्डर अह्वान गरेको क्यानले जनाएको छ । क्यानले पहिलो पटक आयोजना गर्न लागेको लिगमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि क्यानले यसअघि नै ६ शहरको नामबाट टिमको नाम सार्वजनिक गरिसकेको छ ।

लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न टिम रहने क्यानले जनाइसकेको छ । अब उक्त टिमको स्वामित्व लिनका लागिस क्यानले टेण्डर आह्वान गरेको हो । अब टिम लिन इच्छुकहरुले टेन्डर प्रकियाबाट टिम खरिद गर्नका लागि इमेल गर्न क्यानले जानकारी गराएको छ ।टेण्डर आजै देखि खुल्ला भइसकेको छ र टेण्डर पेश गर्ने अन्तिम समय २७ जेठसम्मको लागि तोकिएको छ ।

यस्तै टेण्डरबारे स्पष्टिकरण खोज्ने मिति २३ जेठ सम्म रहेको क्यानले जनाएको छ । क्यान र सेभेन थ्री स्पोर्ट्सले कुनै कारण नदिई कुनै पनि चरणमा बोलपत्र प्रक्रिया रद्द गर्ने वा संशोधन गर्ने अधिकार सुरक्षित राख्ने पनि जनाएको छ । नेपाल टी-२० लिगको पहिलो संस्कणर आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म गर्ने क्यानले जनाएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार