पञ्चायतकालमा कृषि अनुसन्धान केन्द्र थिए, हामीले विघटन गर्यौं : खनाल

काठमाडौँ । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पञ्चायतकालको तुलनामा अहिले कृषि क्षेत्र निकै कमजोर बनेको टिप्पणी गर्नुभएको छ । उहाँले आज विनियोजन विधेयकमा छलफल गर्दै पञ्चायतकालीन अनुसन्धान केन्द्र अहिले विघटन र निजीकरण गरिएको बताउनुभएको हो ।

‘बरु पञ्चायतकालमा कृषि अनुसन्धान केन्द्र थिए,’ उहाँले भन्नुभयो, ‘त्यसलाई हामीले अहिले विघटन र निजीकरण गर्दै गयौं ।’ जसकारण, अहिले देशमा कृषि अनुसन्धान केन्द्र नै नभएकाले उत्पादित वस्तुको गुणस्तर परिक्षण गर्नै नसकिएको जिकिर गर्नुभयो ।

कृषि क्रान्तिलाई अघि बढाउनका लागि सरकारले मूख्य–मूख्य उत्पादनको समर्थन मूल्य तोकिनुपर्ने खनालले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटबाट अधिकांश कृषि वस्तुको समर्थन मूल्य तोक्न सरकारसँग माग समेत गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार