पाँच पालिका र ४० वडाको मतगणना सकिँदा म्याग्दीमा कसले कहाँ जिते ?

बेनी । स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीका पाँच वटा स्थानीय तह र ४० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा एमाले अध्यक्ष, उपाध्यक्ष दुवै, एक वटामा मेयर,कौग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष र माओवादीले एक उपमेयर र एक उपाध्यक्ष जितेका छन ् ।

मतपरिणाम सार्वजनिक भएका ३९ वटा वडा मध्य एमालेले २० , कांग्रेसले १४ र माओवादीले ६ वटा वडा हाँसिल गरेको छन् । अन्नपूर्ण गाउँपालिका र ५ वडाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । बेनी नगरपालिकाको मेयरमा एमालेका सुरत केसी र उपमेयरमा माओवादीकी ज्योती लामिछाने पौडेल निर्वाचित हुनुभएको छ ।

मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेग प्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मी देवी पुन घर्ति निर्वाचित हुनुभएको छ । रघुगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भव बहादुर भण्डारी र उपाध्यक्षमा प्रेम कुमारी पुन विजयी हुनुभएको छ । मंगला गाउँपालिकाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा एमालेकी प्रेम कुमारी अधिकारी (पेमा) निर्वाचित हुनभभएको छ ।

धवालागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रम प्रसाद पुन र उपाध्यक्षमानेकपा माओवादी केन्द्रका रेशम पुन विजयी हुनुभएको छ । स्थानीय तह चुनावमा धवलागिरीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । एमालबाट बेनी नगरपालिका १ मा टेक बहादुर थापा ,५ मा गोविन्द बानियाँ , ६ मा कृष्णसिंह बानियाँ ,८ मा उत्तम कुमार कर्माचार्य , १० मा मसविर रोका विजयी हुनुभएको छ ।

त्यसैगरी मंगला गाउँपालिका १ कुहुँमा एकजित रोका, २ बाबियाचौरमा धनबहादुर खाति क्षेत्री,५मा भुपेन्द्र खत्री ,मालिका २ मा उदय बहादुर बुढाथोकी , ६ मा पथबहादुर रोका , ७ मा टकलाल पुन , धवलागिरी २ मा अक बहादुर वि.क, ४ मा याम बहादुर घर्ति , ६ मा राजाराम उपाध्याय , रघुगंगा २ भगवतिमा अमृत भण्डारी , ३ पिप्लेमा खिम बहादुर शाही ,७ मा रिम पाक्ष्जा , अन्नपूर्ण १ दोवामा दिलिप कुमार गर्बुजा , २ भुरुङ्ग तातो्पानीमा ओम प्रकाश फगामी र ३ मा रमेश पुर्जा विजयी हुनुभएको छ ।

कांग्रेसबाट बेनपा २ मा याम कार्की ,७ मा रमेश कुमार श्रेष्ठ , ९ मा चक्र केसी , मंगला ४ मा लाल बहादुर रोका ,मालिका १ मा टंक प्रसाद पुन ,४ मा भिजेन्द्रमान पुन , ५ मा मिम पुन , धवलागिरीमा ३ देवेन्द्र रोका , ५मा अमर छन्त्याल , रघुगैगा १ मा बिल बहादुर फगामी ,४ मा पविन गर्बुजा , ५ मा मन बहादुर शेरपुजा , ६ मा मन कुमार शेरपुञ्जा र ८ मा गमान छन्त्याल निर्वाचित हुनुभएको छ ।

माओवादी केन्द्रबाट बेनपा ३ मा पदम पुन । ४ मा अण बहादुर खड्का (भगवान), मंगाला ३ मा याम रोका ,मालिका ३ मा मोति प्रसाद बुढा , धवलागिरी १ मा झक बहादुर छन्त्६याल र ७ मा अशोक खत्री निर्वाचित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार