पानीबाहेक उपहार नलिने स्थापितको घोषणा

काठमाडौँ । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बनेका केशव स्थापितले आफु विजयी भए महानगरमालाई रुपान्तरण गरेर नयाँ महानगरपालिका बनाउने सयौं योजना रहेको बताउनुभएको छ ।

आइतबार मे दिवसका अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका सयौ योजना भएको भन्दै ती योजना कार्यान्वयन भए लाखौंले रोजगारी पाउने र काठमाडौको मुहार फेरिने दावी गरे । ‘मसँग सयौं सय आइडियाहरु छ । यो मान्छे अनौठो कुरा गर्छ भन्छ, मेयरहरुले अनौठो नै कुरा गर्नुपर्छ’, स्थापितको भनाइ छ ।

उहाँले आफु निर्वाचित भएपछि ६ महिनासम्म सगुन खाएर र मोवाइल अफ गरेर नबस्ने भन्दै निर्वाचित भएको पर्सिपल्टबाट जनताका काममा लाग्ने र भटाभट निर्णय गर्ने बताउनुभयो । हाँले आफुले पानी बाहेककको उपहार नलिने पनि बताउनुभयो । उहाँले आधारभुत कुराहरु पहिला पुरा गरेर प्रशासनिक सुधार थाल्ने समेत बताउनुभयो । त्यसक्रममा उहाँले नागरिकले सप्रमाण भ्रष्टाचार गरेको भनेर आए ठाउँका ठाउँ कारवाही गर्ने पनि बताउनुभाये । उहाँले १० वर्षमा दलितहरु नरहने समेत प्रतिज्ञा गर्नुभयो ।

उहाँले आफ्ना समस्याका बारेमा नागरिहरुलाई आफुलाई सुनाउन आग्रह गर्दै भने, ‘सम्वाद गर्ने, यो यो भनेर माग गर्ने । यति देलाकि नदेला भनेर सानो पाराले नगर्ने है ! यो पनि माग्ने त्यो पनि माग्ने, मैले हेरेझै गर्ने अनि केपी कमरेडको मुहार सम्झने र दनादन सही गर्ने, यति भनेपछि त हुन्छ होला नि त्यसैले यो सजिलो बाटो रोझौ ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार