पुँजी बजारको विकासका लागि ब्रोकर कम्पनी थप गर्नुपर्छ : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव पुँजी बजारमा समेत परेको बताउनुभएको छ । पुँजी बजार अर्थतन्त्रको ऐना भएको भन्दै गोल्छाले यसको विकासका लागि अनलाइन कारोबारलाई थप व्यवस्थित बनाउनुपर्ने र ब्रोकर कम्पनी थप्नुपर्ने पनि बताउनुभयो ।

महासंघले शुक्रबार आयोजना गरेको परिपक्व पुँजी बजार सम्मेलनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो । अहिले बजारलाई निकै ठूलो नकारात्मक असर परेको उहाँले बताउनुभयो । ब्याजदर महंगो भएको कारण पनि पुँजी बजारलाई नकारात्मक असर गरेको अध्यक्ष गोल्छाको भनाइ छ ।

उहाँले सेयर बजारमा विदेशी लगानी भित्र्याउन चाँडै अध्ययन हुनुपर्ने बताउनुभयो । बजार विकासका लागि सबै पक्ष गम्भीर हुनुपर्ने भन्दै उहाँले पुँजी बजार क्षेत्रको विकास र विस्तारका लागि महासंघको विशेष दस्तावेज बनाउन लागेको समेत जानकारी दिनुभयो । ५१ लाख ५० हजार डिम्याट खाता पुगेको भन्दै उहाँले पुँजी बजारप्रति जनचासो व्यापक बढेको बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार