पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध वैद्य माओवादीले बालुवाटार घेराउ गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी मूल्यवृद्धि फिर्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनेदेखि प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने जानकारी दिइएको छ ।

क्रान्तिकारी माओवादीको बागमती प्रदेशका सेक्रेटरी प्रवेशले विज्ञप्तिमा चुनाव सकिएपछि सरकारले दुई पटक पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको बताउनुभएको छ । ‘चुनावको सकेको भोलिपल्ट बैशाख ३१ गते नेपाल आयल निगमले पेट्रोलियम पदार्थको प्रतिलिटर रु.१० का दरले मूल्यवृद्धि गरी जनताको ढाड सकाएको विरोधको स्वर मत्थर हुन नपाउँदै जेठ ९ गते पुनः पेट्रोलियम पदार्थको प्रतिलिटर १० दरले र ग्यासको प्रतिसिलिण्डर २ सय का दरले मूल्य वृद्धि गरिएको छ ।

यसले ढुवानीको भाडा बढाउने र सबै उपभोग्य सामाग्री तथा वस्तुमा महँगी ह्वात्तै बढाएर जनताको ढाड सेक्ने काम गर्दछ । वर्ष दिनमा प्रतिक्रियावादी संसदीय सरकराले पेट्रोलियम पदार्थमा झण्डै दोब्बर भाउ बढाएर जनताको हुर्मत लिने काम गरेको छ’ विज्ञप्तिमा भनिएको छ । कार्यक्रममा बोल्दै पार्टीका स्थायी समिति सदस्य दिनेश शर्माले आफ्नो पार्टीले राष्ट्रियता, महंगी लगायतका विषयमा संघर्ष गर्दै आएको बताउँदै हालै बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए संघर्ष संघर्ष चर्काउने बताउनुभयो ।

उहाँले मूल्यवृद्धि र महिलामाथि भइरहेका यौन हिंसाको विरुद्ध आफ्नो पार्टी संघर्षमा उत्रिएको बताउनुभयो। पत्रकारको प्रश्नको जवाफ दिँदै शर्माले आफ्नो पार्टीले सरकारका गलत रवैयाको भण्डाफोर तथा विरोध गर्दै आइरहेको बताउँदै प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिने र यही जेठ १७ गते प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने जानकारी समेत दिनुभयो ।

उहाँले महंगीले हैरानी भइसकेको बताउँदै शर्माले मूल्यवृद्धि फिर्ता नलिए सम्पूर्ण जनता सडकमा आउने र आन्दोलनको आँधीबेहरी आउन सक्ने बताउनुभयो । सडकमा आउनेको संख्या थोरै देखेर सरकारले मनपरी गर्दै गए त्यसको परिणाम महंगो हुने चेतावनी समेत शर्माले दिनुभयो । सत्यको पक्षमा बोल्ने सुरुमा थोरै हुने समेत उहाँले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार