पोखरामा बाकसभित्र भोट हरायो, पुनः मतगणना हुनुपर्छ : दिलीप न्यौपाने

कास्की । पोखरा महानगरपालिकाको दुईवटा वडाको मतगणनामा धाँधली भएको भन्दै एमालेले पुनः मतगणनाको माग गरेको छ । एमाले महानगरका अध्यक्ष दिलीप न्यौपानेले मतगणनामा धाँधली भएको आरोप लगाउँदै आफूहरुले पुनः मतगणनाका लागि निवेदन दिएको बताउनुभयो । उहाले वडा नम्बर १८ को ९ भोट र ३१ को ३ भोट बाकसबाटै हराएको बताउनुभयो । ‘मतगणनाको क्रममा बाकसभित्र हुनुपर्ने संख्यामा मतपत्र भएन ।

हामीलाई गम्भीर आशंका के भयो भने वडा नम्बर १८ को ९ वटा मतचाहिँ मतगणनाका क्रममा तलमाथि भयो’, निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणनाको निवेदन दिएपछि उहाँले भन्नुभयो, ‘त्यसकारण पनि मतगणना हुनुपर्छ भन्ने हाम्रो दाबी हो । यो वडा नम्बर १८ को कुरा हो ।’ यस्तै प्रकृति वडा नम्बर ३१ मा पनि देखिएको भन्दै उनले त्यहाँ पनि ३ मत कम रहेको बताउनुभयो। ‘जहाँ खसेको मत भन्दा काउन्ट गरेको मत कम देखियो । त्यहाँ पनि मतगणना हुनुपर्छ भन्ने हाम्रो दाबी हो’, उहाँले भने्नुभयो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार