प्रदेश र संघीय निर्वाचनको तयारीमा जुट्नुस् : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सभा र संघीय चुनावको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । मंसिर वा फागुन कहिले चुनाव गर्ने भन्ने केही दिनमा सरकारले निर्णय गर्ने भन्दै उहाँले अब आमचुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको हो।

‘आमचुनावको तयारीमा जुट्नुस्, हामीसँग समय धेरै छैन,’ भक्तपुरमा आज आयोजित कार्यक्रममा थापाले भन्नुभयो, ‘उम्मेदवार छनौट गर्दा लोकप्रिय उम्मेदवार छान्नुपर्छ, पहिले कमजोरी भएका छन् भने सच्याउनुपर्छ।’ उहाँले स्थानीय चुनावबाट कांग्रेसले धेरै सिट जितेको मात्र नभई मत पनि बढेको बताउनुभयो । उहाँले कांग्रेसबाट उम्मेदवार भई स्थानीय चुनाव जितेकाहरूलाई प्रशिक्षण दिने पनि  बताउनुभयो।उहाँहरूलाई प्रशिक्षण दिन्छौं र निरन्तर मूल्यांकन गरिन्छ,’ उहाँले भन्नुभयो । सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार