फोनपेको प्रमुख टेक्नोलोजी अफिसरमा थापा

काठमाडौँ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापा नियुक्त हुनुभएको छ । थापालाई मंगलबार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो ।

वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्ष भन्दा बढी सेवा अनुभव भएका थापाले नेपाल क्लियरिङ हाउस लिमिटेडमा ‘हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’ को रूपमा काम गरिसक्नुभएको छ ।

कम्प्युटर एप्लिकेसनमा मास्टर डिग्री गरेका उहाँसँग क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत वैकल्पिक वित्तको लागि क्याम्ब्रिज केन्द्रबाट ‘क्याम्ब्रिज फिनटेक र रेगुलेटरी इनोभेसन’ कार्यक्रम पूरा गरेको अनुभव पनि छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार