बनेपामा एमालेका जनप्रतिनिधिद्वारा शपथ ग्रहण बहिष्कार

काभ्रे । बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । नगरपालिकाको ‘ठूलो दल’को रुपमा आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएकाले बहिष्कार गरेको

नवनिर्वाचित उपप्रमुख विमला सापकोटा दाहालले जानकारी दिनुभयो १४ वडा रहेको बनेपामा एमालेका उपप्रमुख, ७ वडाअध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । कांग्रेसका प्रमुखसहित २९ र एकीकृत समाजवादीका १ वडाअध्यसहित ५ जनप्रतिनिधि निर्वाचित छन् ।

स्थानीय तहको निर्वाचन २०७९ मा नगरप्रमुखमा कांग्रेसका शान्तीरत्न शाक्य, उपप्रमुख एमालेकी विमला सापकोटा दाहाल निर्वाचित हुनुभएको थियो । नगरप्रमुख निर्वाचित शाक्यले मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईसँग शपथ लिइसक्नुभएको छ । विभिन्न जिल्लाका अन्य स्थानीय तहहरूमा पनि नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराउने क्रम चलिरहेको छ । ekantipurबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार