बाकस खाली गरेपछिमात्रै काँग्रेस–एमाले सुध्रिन्छन् : लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै मिलेर काँग्रेस, एमाले र माओवादीको बाकस खाली गरेपछि मात्रै सुध्रिने बताउनुभएको छ । आइतबार हेटौंडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कार्यकर्ताहरूलाई आफ्नो पार्टीका नेताहरु सुध्रिए हुन्थ्यो

भन्ने लागेपनि उनीहरु सुध्रिन सबै मिलेर चुनावमा बाकस खालि गरिदिनुपर्ने बताउनुभएको हो । तपाईंहरुले भनेर उनीहरु सुध्रनेवाला छैनन्, सुध्रनेवाला छैनन भनेर तपाईहरुले भाटा लगाउन सक्नुहुन्न । भाटा लगाएर पनि सुध्रनेवाला छैनन् । कान समाएर पनि सुध्रिँदैनन्, त्यसैले उनीहरुलाई सुधार्ने एउटा उपाय हो, आउने चुनावमा उनीहरुको बाकस खाली गरिदिने’, लिङदेनको भनाइ छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार