बीवाईडीको ब्राण्ड एम्बेसेडरमा कलाकार हरिवंश आचार्य

काठमाडौँ । नेपालमा बीवाईडीका बिजुली गाडी बिक्री गर्दै आएको साइमेक्स इन्क प्रालीले कलाकार हरिवंश आचार्यलाई ब्राण्ड एम्बेसेडरमा नियुक्त गरेको छ।शनिबार आयोजित बीवाईडी डिलरहरुबीच भएको एक कार्यक्रममा उक्त सम्झौता भएको कम्पनीले जनाएको छ।

ब्राण्ड एम्बेसेडर बनेलगत्तै कलाकार आचार्यले इन्धनबाट चल्ने गाडीहरुले गर्दा पृथ्वीनै संकटमा पर्ने खतरा आइसकेको बताउनुभएको छ । उहाँले इन्धनको कमी हुँदै जाँदा अबको विकल्प विद्युतीय सवारीसाधन भएको पनि बताउनुभयो ।

सोही क्रममा उहाँले इन्धनबाट चल्ने गाडीको विल्पमा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्नुपर्ने समय आइसकेको पनि उल्लेख गर्नुभयो । यस्तै, कलाकार आचार्यले हरेक सडकमा बिजुली सवारीसाधनको संख्या बढाउने र कम्पनीप्रति आमनागरिकको विश्वास र भरोसालाई हासिल गरि त्यसलाई टिकाइराख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

यस्तै, उहाँले जनसाधारणमाझ विद्युतीय गाडीका फाइदाहरुबारे जनचेतना जगाउनेतर्फ पनि आफूले भूमिका खेल्ने बताउनुभयो । नेपालमा बीवाईडीको एक मात्र आधिकारिक वितरक रहेको कम्पनी र कलाकार आचार्यबीच नेपालमा आउँदा दिनहरुमा विद्यतीय सवारीसाधनको प्रवर्द्धन गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार