बुटवल उपमहानगरपालिका मतगणना स्थगित

बुटवल । बुटवल उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ११ को मत पेटिकाको शिल तोडिएको भेटिएपछि मतगणना स्थगित भएको हो ।

निर्वाचन कार्यालका अनुसार मतगणना रोकेर सर्वदलीय बैठक राख्ने तयारी भएको छ । अन्य वडाको मतगणना जारी रहेको छ । बुटवलमा नेपाली काँग्रेसले मेयरमा लिड गरेको छ भने उपमेयर नेकपा एमालेले लिड गरिरहेका छ । वडा नम्बर ११ सवैभन्दा बढी मतदाता भएको ठाउँ हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार