बेनपा–४ को वडा अध्यक्षमा खड्कासहित माओवादीको प्यानल विजयी

म्याग्दी । बेनी नगरपालिकाको वडा नम्वर ४ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । माओवादी केन्द्रका अणबहादुर खड्काले ६६५ मत लिएर वडा अध्यक्षमा विजयी हुनुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेकपा एमालेका देवेन्द्र बहादुर बानियाँले ४४७ र नेपाली काँग्रेसका सुमन बानियाँले ५६९ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा नेकपा माओवादी केन्द्रका मिना कार्की, पवित्रा श्रीस, प्रेम श्रीस र केन खत्री निर्वाचित हुनुभएको छ ।

बेनी नगरपालिको मेयरमा एमाले र उपमेयरमा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । बेनी नगरपालिका ५ वडा सम्मको मतगणना सम्पन्न हुदाँ मेयर पदमा सुरज केसीले ४ हजार २२८ र चिरञ्जीवी शर्माले ३ हजार ४३३ मत प्राप्त गर्नुभएको छ। त्यस्तै उपमेयरमा ज्योती लामिछानेले ४ हजार ११३ मत र पशुपती शाहीले २ हजार ८६८ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार