बेनी नगर प्रमुख सहित चार गाउँपालिका अध्यक्षको सपथ ग्रहण

बेनी । म्याग्दीमा नवनिर्वाचित बेनी नगरपालिका प्रमुख सहित चार गाउँपालिका अध्यक्षले सपथ ग्रहण गरेका छन् । जिल्ला समन्वय समितिको सभा  हलमा  बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अन्नपूर्ण गाउँपालिका बाहेकका बेनी नगर प्रमुख सहित अन्य चार गाउँपालिका अध्यक्षमा निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलबाट निर्वाचित हुने बेनी नगरपालिकाका मेयर सुरत केसी, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजा र धवलागिरी गाउँपालिका अध्यक्ष प्रेम प्रसाद पुनलाई सपथ ग्रहण गराइएको हो । मुख्य निर्वाचन अधिकृतले पालिका प्रमुखलाई सपथ ग्रहणसंगै बेनी नगरपालिकामा निर्वाचित जनप्रतिनिनिधहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार