भट्टराईको विश्लेषण : एउटा खराबले जितेको ठाउँमा अर्को खराबलाई भोट

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जनताले एउटा खराबले जितेको ठाउँमा अर्को खराबलाई वा नयाँ व्यक्तिलाई भोट दिएको विश्लेषण गर्नुभएको छ । स्थानीय तहको चुनाव अन्तर्गत देशभर मतगणना जारी छ ।

परिणाम धमाधम सार्वजनिक भइरहेका बेला भट्टराईले ट्वीट गर्दै यस्तो विश्लेषण गर्नुभएको हो । ‘समग्र समीक्षा हुँदै गर्ला तर अहिलेसम्मको प्रवृत्तिबाट भन्नसकिन्छ–जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन् !,’ उहाँले लेख्नुभएको छ, ‘नो भोटको प्रावधान नहुँदा र सत्तामा शून्यता हुन नसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउँमा (भक्तपुर बाहेक)अहिले अर्को खराबलाई वा नयाँ व्यक्तिलाई हाल्दैछन् ! दुःखद् कुरा विकल्प पनि छैन !’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार