भरतपुर महानगरको मतगणनामा टोली थपियो

भरतपुर । भरतपुर महानगरपालिकाको मतगणनामा अब एक साथ १३ टोली परिचालित हुने भएका छन् । हाल ८ वटा टोलीले गणना गर्दै आएकोमा अब ५ टोली थपेर एक साथ १३ टोलीले गणना गर्ने भएको हो ।

मतगणनाको गति सुस्त भएको गुनासो बढिरहेको समयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनामा टोली थप्ने निर्णय गरेको हो । हालसम्म २० हजारभन्दा बढी मत गणना भएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार