भारतका चर्चित सङ्गीतकार तथा सन्तुर वादक शिव कुमार शर्माको निधन

एजेन्सी । भारतका चर्चित सङ्गीतकार शिव कुमार शर्माको निधन भएको छ । उनी चर्चित सन्तुरवादक थिए । हरि प्रसाद चौरसियासँग उनको जोडी थियो र शिव–हरिको जोडीले थुप्रै फिल्ममा सङ्गीत दिएका थिए । शिव कुमार शर्मा ८४ वर्षका थिए र थुप्रै रोगबाट पीडित थिए ।

पछिल्लो केही महिनादेखि उनी डायलाइसिसमा थिए । रिपोर्टका अनुसार उनको मृत्यु कार्डियक अरेस्टका कारण भएको हो । शिव–हरिको जोडीले थुप्रै चर्चित फिल्ममा सङ्गीत दिएका थिए जसमा प्रमुख फिल्म थिए – सिलसिला, लम्हे र चांदनी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार