भोट नदिएको भन्दै मल्कवाङमा महिलामाथि कुटपिट

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका – ५ , मल्कवाङमा मध्यरातमा एक समुहले गाउँमा कुटपिट गरेको छ र निर्वाचनमा आफ्नो  पक्षमा मत नदिएको भन्दै नेकपा एमाले सर्मथकले नेपाली काङ्ग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांगेसले आरोप लगाएको छ ।

मध्यरातमा आफ्नो पक्षमा मत नदिएको भन्दै पोखराबाट आएकाको नेतृत्वमा कुटपिट गर्दा’ स्थानिय झग छन्त्याल, रस्मी छन्त्याल , खिम छन्त्याल , सनम छन्त्याल , द मति छन्त्याल , बालकुमारी छन्त्याल , दिलकुमारी छन्त्याल र खिमसरा छन्त्याल लगायत घाइते भएको वडा अध्यक्षका प्रत्यासी अमर छन्त्यालले बताउनुभयो ।

‘मलाई कुटपिट गर्न खोज्दै आएको अवस्थामा उहाँहरुलाई कुटिएको छ ,’ हामीले प्रहरीलाई जानकारी बनाइसकेका छौ’छन्त्यालले भन्नुभयो । कुटपिटबाट केही पुरुष समेत घाइते भएका छन् । मतदान शान्तिपूर्ण रुपमा सम्पनन भएको अवस्थामा मध्यरातमा अराजकता देखाइएको भन्दै महिला र गाउँलेलाई कुटपिट गर्ने विरुद्ध किटानी जायरी समेत दिने बताउनुभयो । कुटपिटबाट घाइते भएकी झग छन्त्यालका अनुसार महिलाहरुलाई समेत हातपात गरेपछि गाउँ नै अशान्ती भएको बताउनुभयो ।

‘ निर्घात कुटपिट गरेका छन्,’सम्झाउन जानेलाई समेत कुटे, हामीले सबै घटनाका बारेका प्रहरीलाई भनिसकेका छौँ ‘उहाँले भन्नुभयो । उहाँले दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ । कुटपिटबाट घाइते भएकाको स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । यता घटनाका बारेमा कुटपिटको आरोप लगाइएको नेकपा एमाले वडा कमिटिले भने कुनै प्रतिक्रिया दिएको छैन । यता जिल्ला कार्यालयले शनिबार विहानसम्म पीडित पक्षले उजुरी नदिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार