मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा एमालेका २ जना निर्विरोध

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा एमालेका २ जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् ।बुधवार मनोनयन दर्ताका दिन दलित तथा अल्पसंख्यकका तर्फबाट नेकपा एमालेका शंकर शेरचन र टेक बहादुर किसानको मात्र उम्मेदवारी परेपछि उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो ।

गाउँसभामा निर्वाचित भएका मध्यबाट ४ जना महिला र खुल्ला तर्फ दलित वा अल्पसंख्यक २ जना गरी ६ जना सदस्यहरु निर्वाचित गरिने व्यवस्था रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी ४ जना महिला सदस्यहरुमा भने नेकपा एमालेका डिल कुमारी खत्री, तिलकुमारी खत्री, भूमिसरा बुढाथोकी र सरस्वती उपाध्याय, नेपाली काँग्रेसका श्रीकला घिमिरे र होममाया बुढाथोकी, नेकपा माओवादी केन्द्रका टिकादेवि विश्वकर्मा र भेषकुमारी पुनले मनोनयन दर्ता गराउनुभएको छ ।मंगलामा एमालेका १८,काँग्रेसका ५ र माओवादीका ४ जना मतदाता रहेका छन । जेठ १५ गते निर्वाचनको मिति निर्धारण गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार