मंगला–४ को वडा अध्यक्षमा कांग्रेसका लालबहादुर रोका बिजयी

बेनी । म्याग्दीको म‌ंगला गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा कांग्रेसका उम्मेद्वार लालबहादुर रोका मगर बिजयी हुनुभएको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा अध्यक्षमा विजयी हुनुभएका रोकाले ३ सय ३३ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी लक्ष्मी बुढाथोकी ३ सय ५, नेकपा माओवादी केन्द्रकी मनमायाँ चोचाङ्गी २ सय ८५ प्राप्त गर्नुभएको थियो । वडा नं ४ अन्तरगत बुकेनी, थापुङ, दुर्दी, थर्पु लगायतको बस्ती पर्छ । वडामा राेकाकाे प्यानल नै बिजयी भएकाे छ ।

गाउँपालिका भित्र ५ वटा वडा रहेकोमा हालसम्म माओवादी केन्द्रले वडा नं ३, नेकपा एमालेले वडा नं १ र २ जितिसकेको छ भने वडा नं ५ अर्मनको मतगणना हुन बाँकी छ ।नेकपा माओवादी केन्द्र, नेकपा एमालेको प्रभाव रहेको वडामा नेपाली कांग्रेसले मंगलामा खाता खोल्दै आफ्नो उपस्थिती जनाएको छ । गएको स्थानीय तहको निर्वाचनमा पालिकाभरका ५ वटै वडामा एक सदस्य पनि जित्न नसकेका नेपाली कांग्रेसले यसपटक अन्य वडामा मतभार बढाएपनि प्रतिस्पर्धीबाट समेत अनुमान नगरेको वडामा विजय प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार