मालिका गाउँपालिकाको कार्यपालिका सदस्य पदका लागि १२ जनाको उम्मेद्वारी

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको कार्यपालिका सदस्य पदका लागि १२ जनाको उम्मेद्वारी दर्ता भएको छ । कार्यपालिका सदस्य निर्वाचनका लागि नेकपा एमालेले ६,नेपाली कांग्रेसले ३, माओवादी केन्द्रले २,नेकपा एकिकृत समाजवादीले एक जनाको मनोनयन दर्ता गरेका हुन् ।

चुनावी प्रक्रिया मार्फत महिला चार ,दलित तथा अल्पसंख्यक सदस्य २ जना चुनीनेछन् । गाउँपालिकाको निवर्तमान उपाध्यक्ष समेत रहनुभएकी खरमाया विटालु जुग्जालीले पनि नेकपा एमालेबाट उम्मेद्वारी दिनुभएको छ ।

एमालेको तर्फबाट महिला तर्फ गौमति चपाई ,छरदेबी घर्ति ,प्रतिक्षा बिक,मनकुमारी पुन र दलित वा अल्पसंख्यक कोटामा निवर्तमान उपाध्यक्ष जुग्जाली र खिममाया पटेल उम्मेद्वार बन्नुभएको छ । दलित वा अल्पसंख्यक पदका लागि उम्मेद्वारी दिनुभएकी विटालु जुग्जालीका बिरुद्ध दावी विरोध परेको छ ।

कांग्रेसबाट महिला तर्फ तुलसीदेबी पुर्जा , भिमकुमारी पुन ,तनदेबी पुर्जा  ,माओवादीबाट महिलातर्फ देबी पटेल,दलित वा अल्पसंख्यक तर्फ दलबहादुर खड्काथोकी र एकिकृत समाजबादीबाट अनुप गौचनको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मालिका गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि निर्वाचित ३७ जना मतदाता छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष ,तीन वटा वडा अध्यक्ष र १२ जना वडा सदस्य मतदाता छन् । एमालेको १७ मत छन् भने कांग्रेसका तीन वडा अध्यक्ष सहित १५ र माओवादीका एक वडा अध्यक्ष सहित पाँच मतदाता रहेका छन् । कार्यपालिकाको निर्वाचनमा कांग्रेस ,माओवादी र एसले अघोषित रुपमा तालमेल गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार