मिरुना र फुर्बाबीच सहमति (तस्बिरहरु)

काठमाडौं । ब्याड टच प्रकरणमा नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो । सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ ।

मिरुनाले आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्ष, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गर्नुभएको छ । दुवै पक्षका अभिभावकहरु छलफलमा बसी आगामी दिनमा यस विषयमा विवाद नगर्ने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार