मुलुकको अर्थतन्त्र सकारात्मक छैनः उद्योग मन्त्री बडू

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले मुलुकको अर्थतन्त्र सकारात्मक नभएको बताउनुभएको छ । सोमबार नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको ‘मेक इन नेपाल’ स्वदेशी समिट २०२२’सम्मेलनमा बोल्दै मन्त्री बडूले पछिल्लो समय रुस र युक्रेन युद्धको कारण

विश्व अर्थतन्त्र नै चुनौतीको सामना गर्नु परेकाले नेपालमा पनि त्यसको प्रभाव देखिएको बताउनुभयो। मन्त्री बडूले नेपाल हरेक वस्तुमा आयातमुखी भएको बताउनुभयो । स्वदेशमै उत्पादन हुन सक्ने वस्तु पनि आयात हुनु चिन्ताजनक भएको भन्दै मन्त्री बडूले निर्यातलाई प्रोत्साहित गर्ने र आयातलाई निरुत्साहित गर्ने आर्थिक नीति बनाउनु पर्ने बताउनुभयो । उहाँले स्वदेशी उत्पादन र स्वदेशमै रोजगारी नबढाए अर्थतन्त्रमा सुधार हुन नसक्ने बताउनुभयो ।

अर्थतन्त्र उकास्नका निम्ति निर्यातमै जोड दिनुपर्ने मन्त्री बडूको भनाइ छ। यसैगरि, मन्त्री बडूले स्वदेशमा उद्योग प्रवर्द्धनका लागि औधोगिक क्षेत्र, औधोगिक, विशेष आर्थिक क्षेत्र घोषणा गरिएको बताउनुभयो । उहाँले सरकारले आगामी आर्थिक वर्षदेखि स्वदेशी उत्पादन र उपभोग अभिवृद्धि अभियान २०७९/०८९ सम्मको अभियानमा चलाउन लागेको बताउनुभयो ।  nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार