मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि खारेजीको लगायत बजार महङ्गी नियन्त्रणको माग राख्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन्।

बुधबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले निगमको कार्यालय घेराउ गरेका हुन्।विद्यार्थीहरुले निगमको मुल गेटमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका छन्  । उनीहरुले सरकारलाई यथाशिघ्र पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए आन्दोलन थप कडा बनाउने चेतावनी समेत दिएका छन्। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार