मेयर उम्मेदवारमाथि कुटपीट

तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । जोशीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको उहाँका बुबा तथा काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीले बताउनुभयो ।

प्रत्यासी जोशीको टाउकोमा चोट लागेको छ । मतपत्र च्यातिएपछि विवाद हुँदा उहाँमाथि आक्रमण भएको बुझिएको छ । जोशी एमालेको समेत समर्थन मेयरको उम्मेदवार बताउनुभयो  । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार