मोरङको लेटाङमा एमालेका लावती र पोखरेल विजयी

विराटनगर । मोरङको लेटाङ नगरपालिकाको मेयरमा एमालेका भूपेन्द्र लावती र उपमेयरमा एमालेकै कृष्णकुमारी निरौला पोखरेल विजयी हुनुभएको छ । लावतीले १० हजार २२७ मत ल्याउँदा गठबन्धन तर्फ कांग्रेसका ज्ञानेन्द्र ढकाल ८ हजार १०५ मा सिमित रहनुभयो ।

त्यसैगरी उपमेयरमा पोखरेलले ९ हजार ४०६ मतले विजयी हुँदा माओवादी केन्द्रका कृष्ण लम्साल ४ हजार ९०५ मा सिमित रहनुभयो । अघिल्लो निर्वाचनमा यो नगरपालिकामा मेयर कांग्रेस र उपमेयर एमालेले जितेको थियो । यो मोरङ कांग्रेस सभापति डिगवहादुर लिम्बुको गृह नगर हो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार