मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने क्यानको निर्णय

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । प्राधिकरणले तारा एअरको विमान दुर्घटना भएसँगै उड्ने र पुग्ने स्थानको मौसम सफा नभएसँगै उडान अनुमति नदिने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णका अनुसार तारा एअरको विमान दुर्घटनालगत्तै क्यानले इनरुटको मौसम सफा नभएपनि उडानको अनुमति नदिने निर्णय गरेको हो । इनरुट भन्नाले विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटोसमेतलाई जनाउँछ । ती सबै स्थानको मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता कर्णले भन्नुभयो, ‘अब हामीले इनरुट मौसम पनि सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरेका छौँ । पहिले विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा हामीले उडान अनुमति दिने गरेका थियौँ तर अब इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरेका छौँ । यसले हवाई दुर्घटना कम गर्न मद्दत गर्नेछ ।’ प्रवक्ता कर्णका अनुसार यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स)बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागु हुनेछ ।

उड्डयन क्षेत्रमा भिएफआर भन्नाले आँखाले हेरेर र विमान उडाउने र ल्याण्ड गर्ने विधि भन्ने बुझिन्छ । तर आईएफआर (इन्स्ट्रुमेण्ट फ्ल्याइट रुल्स) विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागु हुने छैन । प्रवक्ता कर्णले  भन्नुभयो, ‘यो नियम भिएफआर विधिबाट उडान भर्ने विमान कम्पनी, विमानस्थलमा मात्रै लागु हुनेछ । आइएफआर सिस्टम जडान भएको विमान र विमानस्थललाई यो नियम लागु हुने छैन । तर त्यसका लागि पहिले विमानमा आइएफआर हुनुप¥यो,

विमानस्थलमा पनि आइएफआर हुनुप¥यो र विमानचालक यो सिस्टम चलाउन ट्रेण्ड हुनुप¥यो । त्यस अवस्थामा उनीहरुले इनरुट मौसम सफा नभएपनि उडान अनुमति पाउनेछन् । नत्र भने उनीहरु उड्ने स्थान, पुग्ने स्थान र जाने बाटोको पनि मौसम सफा भएको यकिन भएपछि मात्रै एटीसीले उडान अनुमति दिनेछन् । सफा नभएको अवस्थामा उडानको अनुमति पाउने छैनन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार