म्याग्दीको रघुगंगा १ बेगमा नेपाली कांग्रेसको प्यानल नै विजयी

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं १ बेगमा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । बेगमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार बिलबहादुर फगामीले ४३२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्धन्द्धीले ३५४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी पालिका अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारीले ४३४ र नेकपा एमालेका प्रेमबहादुर कार्कीले ३४२ मत प्राप्त गरेका छन् ।उपाध्यक्षमा कांग्रेसले ४३७ र एमालेले ३५४ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार