म्याग्दीमा ६६ प्रतिशत बढी मत खस्यो

दरबाङ । म्याग्दीका सवै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । पाँचबजे मतदान सकिएर अहिले मतगणना स्थल तर्फ मतपेटीका ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदानको समय सकिएसँगै जिल्लाका ६ वटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन भइरहेको छ। मत पेटीका ल्याएपछि भोली विहान मात्र मतगणना हुने जनाइएको छ ।यसै गरी बेनी नगरपालिकाको मतगणना भोली विहान ८ बजेबाट थाल्ने मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयाे ।

जिल्लाभर कुल ६६‍.२३ मत खसेको छ । बेनी नगरपालिका सहित पाँच वटै गाउँपालिकामा कुल मतदाताको ५६ हजार ५४३ मत खसेको छ । जसमा महिला ३० हजार ३२, पुरुष २६ हजार ५ सय १० र अन्य १ जना रहेका छन् । बैदेशिक रोजगार, बाहिरी जिल्लामा बसाईसराई तथा अन्य विभिन्न कारणले कुल मतको ३४ प्रतिशत मत खस्न सकेन ।

म्याग्दी जिल्लामा जम्मा ७४ वटा मतदानस्थल र १ सय १४ वटा मतदान केन्द्र रहेकोमा स्थानीय तह निर्वाचनका लागि कुल ८५ हजार ३ सय ७५ जना मतदाता कायम भएका छन् । एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा पालिका तह चुनावको विभिन्न पदसहित कुल २ सय ३७ पदको लागि ७ सय १८ जना उम्मेदवारहरु चुनावमा उठेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार