यसपटक अर्थमन्त्रीको ब्रिफकेस तोडफोड भएन, हाम्रो लोकतन्त्र परिपक्व हुँदैछ : भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा ब्रिफकेस तोडफोड नहुनु सकारात्मक उपलब्धि भएको बताउनुभयो ।

मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उहाँले ब्रिफकेस तोडफोड नहुनु र संसदमा कुर्सी नभाँचिनुले नेपालको लोकतन्त्र र संवैधानिक प्रक्रिया परिपक्व भएको पुष्टि हुने बताउनुभयो ।

‘महत्वपूर्ण सकारात्मक उपलब्धि नै भन्नुपर्छ, माननीय अर्थमन्त्रीले बजेट प्रस्तुत गरिरहँदा उहाँले बोक्नुभएको ब्रिफकेस तोडफोड भएन । संसदमा माननीय सदस्यहरू बस्ने कुर्सी भाँचिएनन् । संसदका माइक भाँचिएनन् र शान्तपूर्वक माननीय अर्थमन्त्रीले २ घण्टा ५५ मिनेट पढ्न पाउनुभयो’ उहाँले भन्नुभयो।

सचिव भट्टराईले अघि भन्नुभयो, ‘सायद हाम्रो लोकतन्त्र, हाम्रो संवैधानिक प्रक्रिया परिपक्व हुँदैछ, हामी उत्तेजना र आवेशबाट, संयमता र धैर्यतातिर जाँदैछौं, त्यस अर्थमा म खुशी व्यक्त गर्न चाहन्छु ।’अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार