युवा संघका अगुवा कार्यकर्तामाथि हतियार प्रहार

काठमाडौँ । चितवनको खैरहनीमा युवा संघका अगुवा कार्यकर्तामाथि धारिलो हतियार प्रहार गरिएको छ । हतियार प्रहारबाट खैरहनी–८ घर भएका युवा संघका अगुवा कार्यकर्ता कुमार थापा घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको चितवनका एसपी नवराज अधिकारीले बताउनुभयो ।

आक्रमणमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम सार्वजनिक गरिएको छैन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार व्यक्तिगत दुश्मनीको आधारमा धारिलो हतियार प्रहार भएको थाहा भएको छ । हतियार प्रहारबाट थापाको टाउको, हात र खुट्टामा चोट लागेको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार