रघुगंगाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी

म्याग्दी । रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । कांग्रेसका भवबहादुर भण्डारीले ४ हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै प्रेमकुमारी पुनले ३ हजार ३६४ मत ल्यएर निर्वाचित हुनु भएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदी जानकारी दिनु भयो ।

भण्डारी दोस्रो कार्यकाल लागि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका का प्रेमबहादुर कार्कीले ३ हजार २८९, नेकपा माओवादी केन्द्र मिना विश्वकर्माले ९९५, उपाध्यक्षमा एमालेकी यामकुमारी गर्बुजाले ३ हजार २४५ र माओवादी केन्द्रका रिमबहादुर कटुवालले १ हजार ७८३ मत पाउनु भएको थियो ।

८ वटा वडामा रहेको रघुगंगामा रहेको ५ वटा वडा कांग्रेस र ३ वटा वडा एमालेका उम्मेद्वार प्यानल सहित विजयी भएका छन् । रघुगंगा १ बेगमा कांग्रेसका बिलबहादुर फगामी, २ भगवतीमा एमालेका अमृत भण्डारी, ३ पिप्लेमा एमालेका खिपबहादुर शाही, ४ दग्नाममा पविन गर्बुजा, ५ झिँमा कांग्रेसका मनबहादुर शेरपुञ्जा, ६ पाखापानीमा कांगे्रसका मनकुमार शेरपुञ्जा, ७ चिमखोलामा एमालेका थकबहादुर पाईजा (रिम) र ८ कुईनेमंगलेका गमन छन्त्याल वडा अध्यक्ष्मा निर्वाचित हुनुभएको छ ।

मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी  घर्ति पुन निर्वाचित हुनु भएको छ । मतपरिणाम सार्वजनिक भएका ३० वटा वडा मध्य एमालेले १३, कांग्रेसले १२, माआवादीले ४ वटा वडामा जित हासिल गरेका छन् । अब १५ वटा वडा र ४ वटा स्थानीय तहको मतपरिणाम आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार