रघुगंगा–२ को वडा अध्यक्षमा नेकपा एमालेको प्यानल विजयी

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका –२ भगवतिमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । शनिबार बेलुकी निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार भगवतिको वडा अध्यक्षमा अमृत भण्डारी लोकप्रीय मतका साथ विजयी हुनुभएको छ ।

भण्डारीले ७७३ मत प्राप्त गरि विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका लोक बहादुर भण्डारीले ३८३ र नेकपा माओवादी केन्द्रका नर बहादुर भण्डारीले ५८९ मत प्राप्त गर्नुभएको छ । भगवतिमा यसअघिको निर्वाचनमा नेकपा माओवादी विजयी भएको थियो ।

सदस्यहरुमा उमादेवि केसी खत्री, रसिला परियार, नरबहादुर भण्डारी र कृष्ण बहादुर कटुवाल क्षेत्री निर्वाचित हुनुभएको छ । महिला सदस्य एमालेले ७१३, नेपाली काँग्रेसले ५०२ र नेकपा माओवादीले ५४५ मत प्राप्त गरेका छन । दलित महिला सदस्यमा एमालेले ७२८, काँग्रेसले ४५५ र माओवादीले ५३३ मत प्राप्त गरेका छन ।

खुल्ला सदस्यमा एमालेलाई ७२७, काँग्रेसलाई ४६२ र माओवादीलाई ५६३ र अर्को खुल्ला सदस्यमा एमालेलाई ६४४, काँग्रेसलाई ४७७ र माओवादीलाई ४८३ मत प्राप्त भएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्षमा एमालेका दिपक कार्कीलाई ५८१, काँग्रेसका भवबहादुर भण्डारीलाई ७८५ र माओवादीलाई मिना विश्वकर्मालाई ३४१ मत प्राप्त भएको सुवेदीले बताउनुभयो । त्यसैगरि उपाध्यक्षमा एमालेका यामकुमारी गर्वुजाले ५३९, काँग्रेसका प्रेमकुमारी पुनले ३५६ र माओवादीका रिम कटुवालले ८७४ मत प्राप्त गर्नुभएको छ ।

वडा नम्वर १ र २ को मत जोड्दा अध्यक्षमा दिपक कार्कीको ९२३, भव बहादुर भण्डारीको १२१९ र मिना विश्वकर्माको ३९१ म्त भएको छ भने उपाध्यक्षमा यामकुमारी गर्वुजाको ८९३, प्रेम कुमारी पुनको ७९३ र रिम कटुवालको ९२३ मत पुगको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार