रघुगंगा–३ पिप्लेमा एमालेको प्यानल नै विजयी

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्लेमा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्ष खिम बहादुर शाहीले ८८६ मत प्राप्त गरि विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेकपा माओवादीका रेशम कटुवालले ८४९ र नेपाली काँग्रेसका अशोक शाहीले ४३८ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । त्यस्तै नेकपा एमालेबाट महिला सदस्यमा जयन्ती मल्ल भण्डारी दलित महिला सदस्यमा आइतिमा परियार खुल्ला सदस्यमा जित बहादुर खत्री र रामजी सुवेदी विजयी हुनुभएको छ ।

पालिका अध्यक्षमा नेकपा एमालेका दिपक कार्कीलाई १०२५, काँग्रेसका भव बहादुर भण्डारीलाई ७५७ र नेकपा माओवादीका मिना विश्वकर्मालाई ३३६ मत प्राप्त भएको छ । उपाध्यक्षमा एमालेका याम कुमारी गवुर्जालाई ९४९, काँग्रेसका प्रेम कुमारी पुनलाई ४५५ र माओवादीका रिम कटुवाललाई ७०० मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार