रघुगंगा–६ पाखापानीमा कांग्रेसका मनकुमार शेरपञ्जा सहित प्यानलै विजयी

म्याग्दी । रघुगंगा गाउँपालिका–६ पाखापानीमा नेपाली कांग्रेसको मनकुमार शेरपञ्जाको प्यानलै विजयी भएको छ । नेपाली कांग्रेस निर्वातमान वडा अध्यक्ष शेरपञ्जाले ४ मतको अन्तरले नेकपा एमालेका उम्मेद्वारलाई पराजित गर्नु भएको थियो । महिला सदस्यमा मिना पुन, दलित सदस्य निर्माला विश्वकर्मा, खुल्ला सदस्य दप्रसाद पुन र तेक्जित छन्त्याल निर्वाचित भएका छन । पाखापानीमा नेकपा एमाले र राप्रपाको गठबन्धन रहेको थियो ।
राप्रपाका केन्द्रिय सदस्य एवम् पुर्व राज्यमन्त्री भिमप्रसाद गौचनको गाउँ समेत रहेको पाखापानीमा अघिल्लो स्थानीय तहको निर्वाचनमा निकै पराकिलो मतान्तरले जितेको कांग्रेसले यसपटक रोचक प्रतिस्पर्धाको सामना गर्नु परेको थियो । पाखापानी पछी वडा नम्वर ७ चिमखोलाको मतगणना हुने साहयक निर्वाचन अधिकृत अर्मत सुबेदीले जानकारी दिनु भयो ।

हाल सम्म रघुगंगामा नेपाली कांग्रेस,४ वडा, नेकपा एमाले २ वडा विजयी भैसकेको छ भने अब २ वडाको मतगणना बाँकी रहदा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भवबहादुर भण्डारीले ३२ सय ६६ मत सहित अग्रता लिरहनु भएको छ भने नेकपा एमालेका दिपक कार्कीले २७ सय ३५ मत रहेको छ । त्यस्तै उपाध्यक्षमा नेकपा एमालेकी यामकुमारी गर्बुजाले २७ सय ६ मतले अग्रत लिरहनु भएको छ भने नेपाली कांग्रसकी प्रेमकुमारी पुनले २५ सय ८६ मत सहित पच्छाइरहनु भएको छ । हाल सम्म ७ हजार ४१७ मत गणना भइसकेको छ भने अब १६ सय ९६ मत गणना गर्न बाकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार