रघुगंगा – ८ मा अध्यक्षमा छन्त्यालसहित काँग्रेसको प्यानल विजयी

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ८ कुइनेमंगलेमा वडा अध्यक्षमा गमान छन्त्याल विजयी हुनुभएको छ । उहाँले ४५१ मत प्राप्त गरि जित हाँसिल गुर्नभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका तेजिन्द्र फगामीले ११० मत प्राप्त गर्नुभएको छ ।

छन्त्याल दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यस्तै सदस्यहरुमा प्रिती गर्वुजा ४५१, याम कुमारी घर्ति गोतामे ४३३, अगेन्द्र छन्त्याल ४३५ र च बहादुर छन्त्याल ४१२ मतका साथ विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभएको छ ।

वडा नम्वर ८ कुईनेमंगलेमा कुल ११४० मतदाता रहेकोमा ५९७ मत खसेको थियो । कुईनेमंगलेमा स्वतन्त्रबाट पालिकाको अध्यक्ष उम्मेदवारलाई ४ र उपाध्यक्षका उम्मेदवारलाई ३ मत प्राप्त भएको छ । भने मंगलले अध्यक्षमा त्यस वडाबाट १ मत लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार