राप्रपा नेपालले सातै प्रदेशमा भेला गर्ने

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले सातै प्रदेशमा भेला र अन्तर्क्रिया गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेको निर्णयअनुसार भेला तथा प्रशिक्षण गर्न लागिएको महामन्त्री राजाराम बर्तौलाले बताउनुभयो ।

‘जनताको माझमा राप्रपा नेपाल’ अभियान अन्तर्गत ‘ बर्तमानका चुनौती र विकल्पू विषयमा अन्तर्क्रिया गर्न लागिएको उहाँले बताउनुभयो । वुद्धिजीवि, नागरिक समाजका अगुवा तथा विभिन्न पेशा, वर्ग, क्षेत्र, समुदायका प्रतिनिधिसँग अन्तरक्रिया गरिने उहाँको भनाइ छ । सातै प्रदेशमा प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम पनि आयोजना हुने उहाँले बताउनुभयो ।

पहिलो चरणमा जेठ १८ र १९ गते बागमती प्रदेशको हेटौंडामा, २१ र २२ गते प्रदेश नम्बर १ को विराटनगरमा, २३ र २४ गते मधेश प्रदेशको जनकपुरमा २५ र २६ गते लुम्बिनीको बुटवलमा, २७ र २८ गते गण्डकीको पोखरामा कार्यक्रम गरिने उहाँले बताउनुभयो । कार्यक्रमलाई अध्यक्ष थापालगायतले सम्बोधन गर्नुहुनेछ । बाँकी दुई प्रदेशमा हुने कार्यक्रमको मिति छिटो तय गरिने उहाँले बताउनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार