रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा विवाद

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा कर्मचारीले बदमासी गरेको भन्दै विवाद भएको छ । नगरपालिकाको वार्ड नम्बर २ को मतगणना गर्दा कर्मचारीले ६९ लाई ९५ टिपाएपछि विवाद भएको हो ।

बिवाद पछि सर्वदलीय बैठकले तिलोत्तमा नगरपालिकाका कर्मचारी बाहेक अन्य कर्मचारी राखेर मतगणना गर्ने सहमति भएको छ । निर्वाचन अधिकृत माधव लोहनीले नगरपालिका वाहेक अन्य कर्मचारी राखेर मतगणना गर्ने तयारी भएको बताउनुभयो । उहाँले कर्मचारीको गल्ती भेटिएपछि अन्य कर्मचारी राखेर मतगणना गर्ने सर्वदलीय बैठकबाट सहमति भएको बताउनुभयो । यसअघि मतगणना स्थलमा नेपाली काँग्रेस कार्यकर्ताहरूले नाराबाजी गरेका थिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार