रूकुम पश्चिममा दुई पक्षबीच झडप हुँदा ६ जना घाइते

काठमाडौँ । रूकुम पश्चिममा दुई पक्षबीच झगडा हुँदा ६ जना घाइते भएका छन्। सोमबार राति त्रिवेणी गाउँपालिका–१ स्थित दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो।

घाइतेहरू तीन जना माओवादी केन्द्रका उम्मेदवार समर्थक छन् भने तीन जना स्वतन्त्र उम्मेदवारका समर्थक हुन्। तर घटना कुनै राजनीतिक विषयमा नभएको सोतीले बताउनुभयो। ‘झैझगडा भएको हो।

सामान्य झगडाबाट सुरू भएको हो,’ उहाँले भन्नुभयो,‘पछि बढ्दै गएर ६ जना घाइते भए। मासु काट्ने धारिलो हतियार पनि प्रयोग भएको छ।’प्रहरीलाई घटनाबारे राति ११ बजे खबर गरिएको थियो। घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। तीन जनाको भने कोहलपुरमा उपचार भइरहेको छ।

एक पक्षका घाइतेहरू दलबहादुर पुन, हेमबहादुर पुन र चेतन दाहल छन्। अर्को पक्षका धमेन्द्र सुनार, जीवन पुन र टीकाजंग मल्ल छन्। खास ठूलो कारण केही पनि देखिएको छैन। कुनै प्रचारप्रसारको क्रममा भएको देखिन्न,’ उनले भने,‘बाटोमा आउँदा चेतन दाहलले जिस्काएको भन्ने विषयमा भएको बताएका छन्।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार